सरकारविरुद्धको आन्दोलन र गतिरोध अन्त्यबारे साझा धारणा तय गर्न विपक्षी नेपाली कांग्रेस र एमालेको बैठक बस्दै

सरकारविरुद्धको आन्दोलन र गतिरोध अन्त्यबारे साझा धारणा तय गर्न विपक्षी नेपाली कांग्रेस र एमालेको बैठक बस्दैछ ।
साँझ ५ बजेपछि बानेश्वरमा बस्ने बैठकले सरकारविरुद्धको आन्दोलन चर्काउनेबारे छलफल हुनेछ । माओवादीले सत्ता लम्ब्याउन मात्र खोजेको भन्दै कांग्रेस र एमालेले सरकारविरुद्ध आन्दोलन चर्काउने तयारी गरेको छ ।
बैठकमा गतिरोध अन्त्यका लागि भइरहेको पहल, संविधानसभा पुनः स्थापना गर्नु पर्ने माओवादी लडानबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।