अर्घाखाँचीबासी दशैमा घर जाँदा पैद्लै हिडन बाध्य

– वीरेन्द्र केसी


अर्घाखाँची – महान चाड दसैमा घर जाँदा घण्टौ पैदलै हिडनुपर्ने बाध्यता छ । दशैमा घर आएका सिद्धारा लामिदमारका विष्णु आले छ घण्टा पैदल हिडेर घर पुगे । भारतको दिल्लीबाट दुई वर्षपछि दसै मनाउन भएका उनी सन्धिखर्क गोरुर्सिङ् लोकमार्ग अन्तरगत ठाडा चाक्लासम्म गाडीमै आएपनि घर जाँदा मोटरबाटो ६ घण्टा पैदल हिडका हुन । वर्षाले बिग्रका कच्ची सडक मर्मत नभएकाले जिल्लाका एक दर्जन गाविसमा जाँदा पैदल हिडनुपर्ने बाध्यता छ । उनले सडक भएपनि गाडी नचल्ने भएकाले दुःख पाएर घर पुगेको बताए । 

 


अर्घाखाँचीको धातीवाङ गाविसमा जाने वर्षाले विगि्रएको सडक । दसैमा समेत मर्मत नहुँदा सर्वसाधारण घण्टौ पैदल हिडन बाध्य भएका छन ।


सदरमुकामबाट ग्रामीण भेगमा जाने अबरुद्ध सडकहरु चाडपर्वमा समेत मर्मत नहुँदा जनताले सास्ती खेप्दै आएका छन । ४२ गाविसका ४४ मुख्य सडक मर्मत गर्नको लागि गत वर्षको जिल्ला परिषदले १ करोड रुपैयाँ छुटाएको छ । वर्षापछि भत्किएका मर्मतको गठिन उपभोक्ता समितिले चासो नदिएको जिविसले जनाएको छ । स्थानीय विकास अधिकारी हेमराज भुसालले साता अघि बसेको सर्वदलीय बैठकले दसै अगावै विगि्रएका सबै सडक मर्मत गरिसक्न समितिलाई अग्रह र सुचना गरेको बताए । मर्मतको लागि १८ वटा उपभोक्ता समितिले सम्झौता गरेका छन अरु आउने क्रममा छन;  उनले भने काम सम्पन्न गरेपछि रकम भुक्तानी गर्छौ । सम्झौता गरेका उपभोक्ता समितिले मर्मत गरिरहेका छन ।


गाउँमा जाने सहायक सडकहरु पहिरोले पुरेर र भत्किएर बि्रगिएका छन । यस्ता सडकहरु दसै नजिकिदै जादा समेत जिविसले बनाएको छैन । दक्षिणी भेगको सन्धिखर्क गोरुिसंगे सडक अन्तरगतको चाक्ला सिद्धारा सडक नराम्ररी भत्किएको छ । यसबाट िसंगो गाविसका जनता आठ घण्टासम्मको पैदल हिडन बाध्य छन ।

 
 सिमलपानी जलुके जुकेना पश्चिमको गोखुंगा बामरुक अर्घातोष पुर्वी पटौती मैदान अडगुरी धातीवाङ लगायतका गाविसका मुख्यसँगै र टोलसम्म पुग्ने सडक नराम्ररी  भत्किएका सडक झनै मर्मत गर्ने सुरसार नै छैन । जिविसले बेलैमा मर्मत संभार गर्न ध्यान नदिदा समस्या भएको धातीवाङका पुर्व गाविस अध्यक्ष मणिराम पौडेलले बताए । पाली देखि यहाँसम्म करिब २५ किलोमिटर सडको बीच भागमा वर्षाले कच्ची सडक भत्किएको छ बारम्बार जिविसमा मर्मतको लागि आग्रह गर्दा समेत वास्ता नगरेको उनले बताए ।  जिल्लाकै ठुलो गाविस सिद्धारामा गाडी चढन हिउँदै पर्खनुपर्छ ।


विगतका वर्षहरुमा भन्दा यस वर्ष सडक नराम्ररी विगि्रयो चाक्ला-सिद्धारा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष गन बहादुर विकले भने तीन ठाउँमा पहिरोले बाटोको निराना नै छैन सडकको लागि गाविसको ८५ प्रतिशत रकम र जिल्ला परिषदे विनियोजन गरेको ३ लाख रुपैयाँ सकिएकाले वर्षाले विगारेपनि मर्मत गर्न पैसा छैन  । मोटर चढन  यहाँका वासिन्दा हिउँदै पर्खनुपर्ने उनले बताए । १८ किलोमिटर सडकको धेरै ठाउँमा  विगि्रएकाले दसै तिहारजस्ता चाडपर्वमा पनि निर्माण हुने संकेत छैन । जेठ देखी कार्तिक सम्म गाडी चल्दैनन; स्थानीय माधव पौडेलले भने गाडी चढन हिउँदै पर्खनुपर्छ । प्रत्येक वर्ष यो सडक मर्मतको लागि जिविसबाट ३ देखि ५ लाख रुपैयाँ र गाविसको ८५ प्रतिशत रकम खर्च हुँदै आएपनि सर्वसाधारणलाई गाडी चढन हिउँदै पर्खनुपर्छ ।


हिउँदमा सडक मर्मत गर्दा झाराटार्ने काम गरेर बजेट सक्ने गरेकाले यस्तो समस्या आएको गाउँलेको आरोप छ । जिविसका कर्मचारी ठेकेदार र पद बाँडफाँडमा दलका नेता बसेको उपभोक्ता समितिले बजेट अनुसार मर्मत नगर्दा सडकहरु प्रत्येक वर्ष विगि्रने गरेको स्थानीय हिमलाल बेल्वासेको आरोप छ । सदरमुकामबाट गाउँमा जाने मुख्य सहायक र गाउँका सडक मर्मत गर्न जिल्ला परिषदले ६० प्रतिशत बजेट खर्च हुँदै आएको छ । दुई वर्ष देखि निमर्ँण गरिदैआएका एक गाविसबाट अर्को गाविसमा जोडिने आन्तरिक रिङरोड र कृषि सडक पनि नराम्ररी विगि्रएका छन । सडक मर्मतको लागि वर्षेनी लाखौ रुपैयाँ खर्च भएपनि सडक विग्रन छाडेको छैन ।

 

जिल्लाका धेरै सडकहरु पुराना भएकाले धेरै भत्किएर विग्रने नभएपनि राम्ररी मर्म नगर्दा जिल्लाको अधिकांश गाविसका जनता गाडी चढन हिउँदै कुर्नुपर्ने बाध्यता छ । सडक मर्मत गर्दा नाली काटने मात्र गरे धेरै सडक विगि्रदैन वाँगी गाविसमा पुर्व अध्यक्ष पिताम्बर भुसालले भने नाली काटने वाल लगाउने अनिवार्य गर्नुपर्छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु