अर्घाखाँचीमा सवारी साधनले मनपरि भाडा असुलेको भन्दै बैज्ञानिक भाडादर लागु गर्न माग

– वीरेन्द्र केसी

 
अर्घाखाँची – जिल्लाभर चल्ने सवारी साधनले मनपरी भाडा असुलेकाले वैज्ञानिक भाडादर कायम गर्न सरोकारवालाले माग गरेका छन । यातायात व्यवस्था मन्त्रालयले तोकेको भन्दा चर्को भाडा लिने गरेकाले वैज्ञानिक चाडादर कायम गर्न सरोकारवालाले प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेललेलाई आग्रह गरेका छन ।


उपभोक्ता हित संरक्षण माचको नेतृत्वमा नागरिक समाजका प्रतिनिधि विद्यार्थी शिक्षक बुद्धिजीवि लगायतले जिल्लामा संचालन देउराली यातायात व्यवासायी समिति र पश्चिमाञ्चल बस व्यावसायी संघले मन्त्रालयले तोके भन्दा बढी भाडा लागु गरेको र सवारी साधनले मनपरी रुपमा असुल्ने गरेकाले यात्रु मर्कामा परेको बताएका थिए । मन्त्रालयले २०६५ सालमा निर्धारण गरेको भाडादर कायम गर्नुपर्ने उपभोक्ता संरक्षण माचका अध्यक्ष मोती खनालले बताए । समितिले यात्रुको ढाड सेक्ने गरी कायम गरेको र सवारी साधनमा बसेपछि सवारी चालकले त्यसमा पनि यात्रुलाई मनपरी रुपमा असुल गरेकाले मर्कामा परेको बताए । उनले सरकारले तोकेको भाडदर कायम गर्न पहल गर्न प्रजिअ भुर्तेललाई आग्रह गरेको बताए । मन्त्रालयले कच्ची ओटाशिल पीच गरी श्रेणीका आधारमा काय गरेको छ । ओटाशिल भएका सडकलाई प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा र कच्चीलाई ३ रुपैयाँ ६० पैसा मन्त्रालयले तय गरेको छ ।


जिप मिनिबस हाईस साचालन गरेको देउराली यातायात व्यवसायी समिति र पश्चिम बस व्यावसायी संघले कच्ची सडकमा ८ रुपैयाँ १५ पैसाका दरले असुल्ने गर्दै आएको छ । सरोकारवालाले जिल्लाका १२ वटा सडकको भाडा दर तोकर प्रजिअलाई लागु गर्न आग्रह गरेका छन । सरकारले तोके अनुसार सन्धिखर्क गोरुसिङे लोकमार्गमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा र घुम्ती पाल्पा २ रुपैयाँ २५ पैसा र वाङला तम्घास लगायतका अन्य सडकमा ३ रुपैयाँ ६० पैसा र जिप र टयाक्टर चल्ने सबै सडकमा ४ रुपैयाँ लागु गर्न आग्रह गरिएको नागरिक समाजक प्रतिनिधि बाबुराम पौडेलले बताए । जिल्लामा साचालित मुख्य सहायक लगायत ३ सय कच्ची सडक र सन्धिखर्क गोरुसिङे लोकमार्गमा चल्ने सवारी साधनले दसैको मौका छोपी मनपरी रुपमा भाडा असुल्ने गरेको उनले दावी गरे ।


दसैको बेला देउराली यातायात समितिले नम्बरका जिपहरु क्यु पि्रु गर्दा सवारी चालकले जबरजस्ती अर्को भाडा असुल्ने गरेकाले त्यसलाई रोक्नुपर्ने माचका उपाध्यक्ष केएल शर्माले बताए । चाडपर्वका बेला क्यु पि्रु गर्दा चालकले मन परेको सडकमा मात्र जाँदा गाउँ जाने सर्वसाधारण मर्कामा पर्ने गरेका छन । त्यसमा तेब्बर भाडा तिर्नुपर्ने बाध्यता बनाउने गरेको उनले बताए ।


प्रजिअ भुर्तेलले एक दुई दिनमै व्यावसायी समिति राजनीतिक दल प्रहरी सरोकारवाला लगायतसँग बैठक बसेर छलफल गरी निर्णय गर्ने बताए । व्यावसायी समितिका अध्यक्षसँग टेलिफोन गरेर जानकारी लिएको छु छलफल गरेरै कायम गर्ने उनले बताए । प्रजिअ कहाँ अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल लगायत थिए ।

 

Arghakhanchi.Com’s earlier story is below.

 





 

(२०६९ कार्त्तिक १, बुधवार)

 

– प्रेमनारायण आचार्य 


 अर्घाखाँची । उपभोक्ता समिति अर्घाखाँचीले  जिल्ला भित्र चल्ने सवारी साधनले मनपरि भाडा असुलेको भन्दै बैज्ञानिक भाडादर लागु गर्न माग गरेको छ । 

 
    बिजया दशमी तथा दिपाबलीको अबसरमा सेबाग्राहीहरु मनपरि भाडा असुलीले मर्कामा परेको भन्दै बैज्ञानिक भाडादर लागु गर्न माग गर्दै आज उपभोक्ता समिति अर्घाखाचीले प्रमुख जिल्ला अधिकारी गोबिन्द मणि भुर्तेलको ध्यानाकर्षण  गराएको हो । 

 

  जिल्ला प्रशासन   यातायात ब्यबसायी र उपभोक्ता समितिहरु र नागरिक समाजको  सम्मीलित सर्बपक्षिय बैठकले बैज्ञानिक भाडादर लागु गरि सेबाग्राहीलाइ राहात प्रदान गर्न आफुहरुले पहल गरेको उपभोक्ता समितिका अध्यक्ष मोती खनालले बताउनु भयो । 

 

  अर्घाखाँचीमा पश्चिमाञ्चल बस ब्यबसायी समिति र देउराली यातायात ब्यबसायी समितिले यातायात सेबा साचालन गर्दै आएका छन् ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु