काठमाडौं । पाकिस्तानी किशोरी मलाला युसुफजईको समाचार सम्प्रेषण र प्रकाशन गरेकोमा तालीवानी विद्रोहीले पाकिस्तानी सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको छ ।
पाकिस्तानस्थित तालीवानी प्रमुख हकीमुल्लाह महसुदले एक सञ्चारमाध्यममा टेलिफोन गरी मलालाको समाचार सम्पे्रषण र प्रकाशन गर्ने सञ्चारमाध्यमलाई निशानामा पारिने धम्की दिएका हुन् ।
तालीवानको आवाज दबाउन संचारमाध्यमले मलालाको बारे अनावश्यक चर्चा गरेको भन्दै उनको समाचार निषेध गर्न धम्काएका हुन् ।
महसुदले सञ्चारमाध्यममा काम गर्ने जोकोही आफनो निशानामा पर्ने जनाए । उता तालीवानी आक्रमणबाट घाइते मलालाको स्वास्थ्यमा भने सुधार भइरहेको उनको उपचारमा संलग्न बेलायती चिकित्सकहरुले जनाएका छन् ।
– RSS