संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतलगायतका ५ राष्ट्रको कार्यकाल पुरा

न्युयोर्क  । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतलगायतका ५ राष्ट्रको कार्यकाल पुरा भएको छ ।

 

सुरक्षा परिषदका दश मध्ये ५ अस्थायी सदस्यको निर्वाचित कार्यकाल पुरा भएकाले भारत, दक्षिण अफ्रिका, जर्मनी, कोलम्बिया र पोर्चुगल बाहिरिएका छन् । अस्थायी सदस्यमा रुवान्डा, दक्षिण कोरिया, लक्जेम्बर्ग, अष्ट्रेलिया र अर्जेन्टिना चुनिएका छन् । सुरक्षा परिषदमा हिंसाग्रस्त अफ्रिकी मुलुक रुवान्डाले प्रबेश पाउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।


पाकिस्तानलागयतका ५ राष्ट्रको पदावधि भने सन् २०१३ सम्म रहने भएको छ । सुरक्षा परिषदमा ५ स्थायी र १० अस्थायी गरी १५ राष्ट्र सदस्य हुने ब्यवस्था छ ।

 

– Agencies