दक्षिण एसिया एवम अन्तरराष्ट्रिय समाचार हेडलाईन:-

अर्थसंकटबाट गुज्रिरहेका युरोजोनका बैंकहरुलाई एउटै संयन्त्रमार्फत अनुगमन गरिने

 

(२०६९ कार्त्तिक ३, शुक्रवार)

 

युरोप । अर्थसंकटबाट गुज्रिरहेका युरोजोनका बैंकहरुलाई एउटै संयन्त्रमार्फत अनुगमन गरिने भएको छ । युरोजोनका सबै बैंकहरुको नियमन र अनुगमनको जिम्मा युरोपियन सेन्ट्रल बैंकलाई दिने समझदारीमा सदस्य राष्ट्रहरु सहमत भएका हुन् ।

 युरोपीयन सेन्ट्रल बैंकलाई अब युरोजोनका १७ राष्ट्रका ६ हजार बैंकहरुको अनुगमनको जिम्मेवारी दिईएको छ । बैंकहरुको व्यवहार र वित्तिय अवस्था शंकास्पद देखिए कारवाही गर्नेसम्मको अधिकार नियमनकारी निकायलाई दिईएको छ ।


 युरोपेली राष्ट्रहरुले नयाँ वजेट लागु गर्ने जनवरी १ तारीखभन्दा अगाडी नैं यो संयन्त्र निर्माण गरिसक्नुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलको बुझाई छ । युरोजोनलाई अर्थसंकटबाट मुक्त गराउन जर्मनी र फ्रान्सले ल्याएको संयुक्त योजना अनुरुप नयाँ व्यवस्था गरिएको हो । युरोपियन सेन्ट्रल बैंकले युरोजोनका बैंकहरुको वित्तिय अवस्थाबारे अनुगमन गरेपनि यसले सदस्य राष्ट्रहरु र युरोपियन युनियनको मौद्रिक नीतिमा भने कुनै हस्तक्षेप नगर्ने बताईएको छ ।

Agencies