दशैंका लागि राजधानीबाट घर फर्कनेहरुले विगतका वर्षमा भन्दा यसपटक झन समस्या झेल्नुपरेको गुनासो

काठमाडौं । दशैंका लागि राजधानीबाट घर फर्कनेहरुले विगतका वर्षमा भन्दा यसपटक झन समस्या झेल्नुपरेको गुनासो गरेका छन् । सवारी साधनको अभाव त छँदैछ त्यसमाथि भाडा पनि मनपरी लिइने गरेको यात्रुहरुको भनाइ छ । राजधानीबाट बाहिरिने मुख्य नाका कलंकीबाट मात्रै दैनिक हजारौं यात्रु बाहिरिईरहेका छन् ।


विहान ४ बजेदेखि नै सवारी साधनहरुले राजधानी छाड्ने क्रम शुरु हुन्छ भने राति अबेर सम्म पनि उत्तिकै भीड देख्न सकिन्छ । यस पटक सरकारी कार्यालयहरु पूरै एक साता बन्द रहने भएकोले पनि राजधानी छाड्नेहरुको संख्या बढी रहेको अनुमान गरिएको छ ।


राजधानीबाट दैनिक बाहिरिनेको संख्या हेर्दा दशैंमा कम्तिमा २५ लाख मानिस राजधानी बाहिर जाने अनुमान प्रहरीले गरेको छ ।

 

– RSS