बुर्तिबाङमा स्त्री समस्या भएका महिलाका लागि शिविर सञ्चालन हुने

– गीता मणि पाण्डे

 

यु ए ई डेस्क –       बागलुङ जिल्लाको बुर्तिबाङमा स्त्री रोग अर्थाथ पाठेघर खस्ने समस्याभएका महिलाहरुका लागि आइएन एफको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य कार्यालय बुर्तिबाङको सहजीकरणमा बुर्तिबाङमा एक हप्ते शिविर सञ्चालन हुने भएको छ ।

 
        आगामी कार्तिक १४ देखि २० गते सम्म हुने उक्त शिविरमा विरामीहरुको प्रकृति हेरेर उपचार तथा अप्रेशन समेत गरिने र शिविर सञ्चालनका लागि विदेशी डक्टरहरुको व्यवस्था गरिएको बताइएको छ । उक्त शिविरमा प्रजनन समस्या भएका महिला, महिनावारीको समस्या भएका महिला तथा पाठेघरको समस्या भएका महिलालाई मात्र चेकजाँच गरिने आइ एन एफ शिविर संयोजक एकदेव देवकोटाले बताउनुभएको छ । उहाँका अनुसार शिविरमा १२० जना सम्मलाई अप्रेशन गराइने तथा  १ सय देखि ८ सय जना सम्मलाई चेकजाँच तथा उपचार गरिने बताउनुभएको छ ।