हंसपुरका विपन्न बिक परिवारमा दशैंको समयमा बज्रापात

– शोभाखर पन्थी

 

अर्घाखाँची । दशैंमा छोराले पैसा पठाउला र चाड मनाउँला भनेर बसेका हंसपुर-२ अर्घाखाँचीका ६५ वर्षिय बृद्ध लोक बहादुर बिकले एक्कासी छोराको शव घरमा आउँदा छागाबाट खसे जस्तै भए ।

 


 

८ महिना पहिले रोजगारीका लागि १ लाख ५० हजार कर्जा गरेर कतारको सुनैया पुगेका उनका ३३ बर्षिय शिव बहादुर बिकको आश्विन २२ गते साँझ काम गरेर कोठामा फर्कदै गर्दा बाटोमै हृदयघात भई मृत्यु भएको थियो ।

 

आश्विन २१ गते साझ २-३ दिनमै घरमा दशै खर्च पठाउछु र आगामी ३-४ महिना सम्ममा ऋण सकाउँछु काम गर्न निक्कै गाह्रो छ भन्दै थियो । अर्को दिन साँझ मृत्यु भएछ । 

 
आज १३ दिनमा एक्कासी शव आयो बच्चा बच्ची साना छन् कमाइ गर्ने आधार नै गयो । कसरी बाच्ने बृद्ध बिकले आसुका बलिन्द्र धारा चुहाउँदै बताए ।

 

हंसपुर-२ डाँडागाउमा बसोबास गर्दै आएका बिक परिवारको घर जग्गा कव्जा गरेर २०४१ सालमा तत्कालिन जिम्मालले गाउँ निकाला गरेपछी उनलाई स्थानीय बासिन्दाले हंसपुर-२ को मुलकाचौरमा २ रोपनी भिराले जग्गा दिएर बसोवास गराएको स्थानिय समाज सेवि तम बहादुर बिकको भनाई छ ।

 
घरको आयस्थाले २ महिना पनि खान नपुग्ने बिक परिवारले ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्दै आएको थियो ।

 

अघिल्लो वर्षको दशैंमा परिवारसँगै बसेर दशैं मनाएका शिवले यस वर्षको दशैं राम्रोसँग मनाउन विदेश गएर प्रयाप्त रुपैया पैसा पठाउने बचन दिएर पविारमा निक्कै खुसी बाँडेका थिए । दशैंका लागि दिन गन्दै बसेका बिक परिवारमा दशैं मनाउनको लागि रुपैयाँ पैसा त आएन नै परिवारको संरक्षक रहेका शिव समेत अव कहिल्यै घर नर्फकने गरी यो संसारबाट विदा भएर गए ।

 


 

शिवकी श्रीमती मीना र बृद्ध आमा शिवको मृत्युको खवर पाएपछी बेहोस अवस्थामा छन् । शिवको २ वर्षको छोरा अनिललाई वावाको मृत्युवारे केही पत्ता छैन । कक्षा-६ मा पढ्ने जेठो छोरा १२ वर्षको विष्णु बिक  र ९ वर्षको माइलो छोरा महेशले आफ्नो वावुलाई अन्तिम श्रद्धांजली दिएर कि्रया बसेका छन् ।

 

देशभरी जताततै दशैंको चहल पहल छ । जिल्लामा पनि सबैमा खुसीयाली छ । मान्छेहरु दशैंको लागि खर्च गर्न भनि हजारौको जोहो गरेर बसेका छन् तर जिल्लाको एउटा दलित परिवार जो पन्चायती सामन्तको उत्पीडनमा परेर करीव ३ दशक सम्म छटपटाई अव त केही राहत होलाकी भन्ने आशामा थियो यसपटक फेरी जवरजस्त अन्धकारमा धकेलिएको छ । परिवारका सवै सपना चकनाचुर भएका छन् ।

 

 कि्रया खर्चको लागी समेत परिवारले गाउलेको मुख ताक्नु परेको छ । सम्पत्ति भन्दा दुई गुणा बढी विदेश जादाको ऋण गाजिएको छ । उत्पीडनको जातोमुनि पिल्सीएको बिक परिवारको लागि यो दशैं सधैको लागि चिन्ताको दशैं बन्यो । यस्तो दशैं कहिल्यै र कसैको पनि नआओस् स्थानीय कांग्रेस जिल्ला सचिव लोकेन्द्र बिकले बताए । यसैबिच जिल्लामा कि्रयाशिल दलित नेताहरुले बिकको परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानकार्षण समेत गराएका छन् ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु