– प्रेमनारायण आचार्य
अर्घाखाँची ६ कात्तिक । अर्घाखाँचीमा दशैले स्याउ केराको विक्री बढेको छ । शहरदेखि दशै मनाउन गाउ तिर लागेका सर्वसाधारणहरुले घरमा जाँदा कोसेलीको रुपमा स्याउ र केरालाई लैजान थालेपछि एक साता यता सदरमुकाम सन्धिखर्कमा अन्य समयमा भन्दा धेरै स्याउ र केराको विक्री भएको व्यवसायीहरुले बताएका छन् ।
हिमाली जिल्ला मुस्ताङमा र जुम्लामा उत्पादन भएका स्वादिलो स्याउहरुको लोकपि्रयता अर्घाखाँचीमा मात्रै नभएर देशका विभिन्न ठाउँमा माग उच्च रहेको छ । सन्धिखर्क तथा चुत्राबेसी बजारमा रहेका झण्डै दुइ सय भन्दा बढी फलफुल व्यवसायिहरुले अहिले बढी मात्रामा स्याउ र केराको विक्री वितरण गर्दै आएका छन् ।
सन्धिखर्कको शान्ती बगैचामा फलफुल व्यवसायि गुणानिधी भुसालका अनुसार अन्य समयको तुलनामो दोब्बर भन्दा धेरै केरा र स्याउको विकि्र हुने गरेको छ । एक केजी स्याउ १ सय ६० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।