आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न इरान सहमत भएको भन्दै आएको समाचारप्रति ह्वाइट हाउसले अस्वीकार गरेको छ ।
न्युयोर्क टाइम्सले शनिबार यससम्बन्धी समाचार प्रकाशन गरेको थियो । वार्ता ६ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनपछि हुने समाचारमा दावी गरिएको थियो । राष्ट्रपति भवन ह्वाइट हाउसले इरानसँग द्धिपक्षीय वार्ताका लागि जहिले पनि तयार रहेको स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा इरान मामिला विदेश नीतिको सबैभन्दा चर्चित विषय भित्र परेको छ । वर्तमान राष्ट्रपति बाराक ओबामा तथा उन्का रिपब्लिकन प्रतिस्पर्धी मिट रोमनीले यसै विषयमा तेस्रो चरणको टेलिभिजन बहसमा कुरा गर्नेछन् । टेलिभिजन बहस आज हुँदै छ ।
– Agencies