– उमाकान्त पाण्डे गाउंले
अर्घाखाँचीको अर्घामा हुने जनसभा तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई आउने भएका छन ।
एकीकृत नेकपा माओवादीले आयोजना गर्ने सो कार्यक्रममा प्रमुख वत्ताको रुपमा प्रधानमन्त्री भट्टराई आउने भएको बिशेष स्रोतले जनाएको छ ।
एतिहासिक रुपमा कम्युनिस्ट हरुले अर्घामा बिशेष कार्यक्रम गर्दै आएको पाइन्छ ।
माओवादी अर्घाखाँचीले लामो समयदेखी कोजाग्रात पुर्णिमाको अघिल्लो दिन राती कार्यक्रम गर्ने गर्थौ । यधपी विभिन्न समस्या देखाउदै गत वर्ष देखी पुर्णिमाको दिन कार्यक्रम गर्न लागेको छ ।
प्रधानमन्त्री संगै शान्ती मन्त्री टोप बहादुर रायमझी सहितका केन्द्रीय नेताहरु कार्यक्रममा सहभागी हुने एमाओवादी अर्घाखाँचीको बिशेष स्रोतले अर्घाखाँची डट्कम् लाई जानकारी दिएको छ ।
सास्कृतिक प्रस्तुतिका लागि कार्यक्रममा साधना समुह तथा अन्य प्रख्यात कलाकार समेत आउने बुझिएको छ । कार्यक्रमलाई सफल र भव्य बनाउन जिल्ला कमिटी लागेको जिल्ला स्तरका एक नेताले जानकारी दिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।