– प्रेमनारायण आचार्य
अर्घाखाँची ७ कात्तिक । अर्घाखाँचीको हंसपुर गाविसमा स्थानीय बासिन्दा र एकिकृत माओबादीका कार्यकर्ता बिच झडप भएको छ । झडपमा माओबादी नेता र प्रहरी सहित ३ जना घाइते भएका छन ।
हंसपुर गाविसको बामरुकमा एकिकृत माओबादीका कार्यकर्ता र स्थानीय बासिन्दा बिच भएको झडपमा माओबादीका राज्य कमिटि सदस्य पदम क्षेत्री सहित दुइ जना घाईते भएका छन । एक जना प्रहरी पनि घाइते भएको स्थानीय बासिन्दाले बताएका छन।
केहि दिन अघि हंसपुर प्रहरी चौकीका एक प्रहरीले स्थानीय माओबादी नेता उदय थापाले मोटरसाइकल लिएर सन्धिखर्क आफ्नो तलब बुझ्न लिएर गएको त्यस मोटर साइकलमा बामरुककी एक महिलालाइ लिफ्ट दिएको थिए । प्रहरीले ति महिलालाइ पुराउन भन्दै घरमा गएको समयमा स्थानीय बासिन्दाहरुले प्रहरी र महिला सहित मोटरसाइकल कब्जामा लिएका थिए । स्थानीय र प्रहरीहरु मिलेर केस मिलाए पनि मोटरसाइकल त्यहि रहेको थियो ।
त्यो मोटरसाइकल लिन र वार्ता गर्न भनि एकिकृत माओबादी राज्य समितिका सदस्य पदम क्षेत्रीको नेतृत्वमा माओबादीको एक टोली आज बामरुक गए पछि स्थानीय बासिन्दा र माओबादी कार्यकर्ता बिच झडप भएको घटनास्थलबाट गणेश खनालले जानकारी दिए ।
झडप भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक हिराबहादुर पाण्डेले बताउनु भयो ।
प्रहरी पुगेपछि पनि घटना साम्य हुन नसके पछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।