मुम्बई वम आक्रमणका मूख्य दोषी कसाबले मृत्युदण्ड नदिन राष्ट्रपतिसमक्ष गरेको याचना नस्वीकार्न गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष आग्रह

भारतको मुम्बई वम आक्रमणका मूख्य दोषी अजमल कसाबले मृत्युदण्ड नदिन भारतका राष्ट्रपतिसमक्ष गरेको याचना नस्वीकार्न त्यहाँको गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।

 

सरकारको यो आग्रहसँगै के गर्ने भन्ने निर्णयाधिकार अब राष्ट्रपति प्रणव मुखर्जीसँग रहनेछ ।

 

 तर सरकारबाट यो आग्रह हुनु भनेको कसाबमाथि फाँसी हुने निश्चित जस्तै भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि भारतीय उच्च न्यायालयले पनि कसाबलाई मुम्बई आक्रमणमा दोषी ठहर्दै फाँसीको सजायँ हुने स्पष्ट गरेको थियो । सन् २००८ मा मुम्बईमा वम आक्रमण गर्ने दश आक्रमणकारी मध्ये अजमल कसाव एक हुन् ।

 

उनका नौं साथी भने त्यतिबेलै मारिएका थिए ।

 

उक्त आक्रमणमा १ सय ६७ जना मारिएका थिए । जसमा केही विदेशीसमेत मारिएका थिए ।

 

– Agencies