अर्घाखाँचीमा चाडपर्वमा दैनिक ७ करोड रेमिट्यान्स

– वीरेन्द्र केसी


अर्घाखाँची – अर्घाखाँची जिल्लामा दैनिक ७ करोड रुपैयाँ रेमिटयान्स भित्रिने गरेको छ । रोजगारीका लागि विदेश गएकाहरुले दसै तिहार मनाउन खर्च पठाएकाले रेमिट्यान्स भित्रिनमा वृद्धि भएको हो ।


जिल्लामा संचालित बैंक तथा मनी ट्रान्फरहरुमा रेमिट्यान्स झिक्नेको दिनहुँ भीड लाग्ने गरेको छ । दसैको शुरुवातसँगै जिल्लामा भित्रिने रेमिट्यान्सको कारोबार तेब्बरले वृद्धि भएको छ । भृकुटी विकास बैंकका प्रवन्धक कमल पौडेलका अनुसार दसैमा रेमिट्यान्स तेब्बरले वृद्धि भएको छ । अहिले दैनिक रेमिट्यान्सको मात्रै कारोबार भैरहेको छ उनले भने दैनिक ६० देखि ८० लाख रुपैयाँसम्मको रकम वितरण भैरहेको छ । दुई साता देखि बैंकमा भीड बढेको छ । दैनिक ४० देखि एक सय जनाले रकम झिक्ने गरेको उनले बताए ।

 

जिल्लामा साचालित राष्ट्रिय वाणिज्य बैंक सहित बैक अफ काठमाण्डौ मेगा एनआईसी एसबीआई भृकुटी एभरेष्ट ग्लोबल आईएमई लगायतका बैंक तथा मनी टान्सफर र वित्तीय संस्थाबाट रेमिट्यान्स वितरण भैरहेको छ । दसैको अन्तिम चरणमा सबै बैंकमा रकम झिक्ने र पैसा साटने चहल पहल बढेको छ ।  साईन डेभलपमेण्ड बैकका शाखा प्रवन्धक बुद्धिजीवन भुसालले दैनिक ४० देखि ५० लाख रुपैयाँ एक साता देखि वितरण भैरहेको बताए । जिल्लामा साचालित सबै बैक मनी टान्सफर र  वित्तीय संथाहरुमा यतिकै हाराहारीमा रेमिटयान्स भित्रिने गरेको छ । बैंकमा सबैभन्दा बढी भारत कतार मलेसिया दुवई अरब जापान अमेरिका लगायत विभिन्न देशबाट भित्रिएको छ ।


सदरमुकाममा जिल्लाको पश्चिमी र उत्तरी भेगका गाविसहरुका सर्वसाधारण बढी भीड देखिन्छ । पुर्वी भेगका केही गाविसका सर्वसाधारण गुल्मीको तम्घास र दक्षिणी क्षेत्रका बुटवल कपिलवस्तु चन्द्रौटा लगायतका ठाउँमा रहेका बैंक तथा मनी टान्फरहरुबाट आफन्तले पठाएको दसै खर्च झिक्ने गरेको छन । एसबीआई र एभरेष्टमा दैनिक २५ देखि ४० लाख रुपैयाँसम्म भित्रिने गरेको उनीहरुले जनाएका छन । सबैभन्दा बढी भारतबाट रकम आएको छ । दुई बैंकमा भारतबाट दैनिक रोजगारको लागि गएकाहरुले दसैमा आफनो पेश्की सहित मोटो रकम घरपरिवारलाई पठाईदिने गरेका छन । नेपाल भित्रै रोजगार र व्यावसाय गर्नेहरुले पनि बैंकबाट खर्च पठाईदिने गरेको बैक अफ काठमाण्डौका शाखा प्रवन्धक मदन गौतमले बताए ।  यहाँबाट घरैपिच्छेका पुरुषहरु वैदेशिक रोजगारमा भएकाले लुम्बिनी अञ्चलमै अर्घाखाँचीमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको छ ।


बैंक तथा मनी टान्सफरहरुका अनुसार वषैपिच्छे रेमिट्यान्समा वृद्धि भएको छ । जिल्लामा दैनिक २ करोड जति भित्रिने गरेकोमा चाडपर्वको बेला ७ करोड पुगेको हो । जिल्लामा ६५ प्रतिशत भन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन । विदेशिने सबैभन्दा धेरै खाडी मुलुकमा छन । दसैमा घर आउनेहरुले बैंकमा सुरक्षित हुने भएकाले पैसा बैकमा पठाएर आफु रित्तै आउने गरेका छन । रोजगारको लागि विदेशिएकाहरु वर्षौमा दसै मनाउन घर आउँदा समेत केही वर्ष देखि परिवर्तन भएका छन ।

 

शान्ति स्थापनापछि सदरमुकामा बैंकहरु भित्रिएपछि रोजगारको पैसा लुटिने क्रम हटेको छ, कतारबाट सन्धिखर्क आएका बाबुराम खड्काले भने परिवारलाई खर्च र ऋिण तिर्न पैसा पठाउन डर थियो अहिले हरायो । केही वर्ष पहिले विदेशबाट घर आउँदा घरपरिवार छोराछोरी र नजिकका ईष्टमत्रिलाई उपहार स्वरुप राम्रा कपडा कडी मिठो खानेकुरा बोकेर आउने चलन अहिले हटेको छ । उनीहरुले पछिल्लो पटक गाउँ गाउँमा टेलिफोन ईमेल ईन्टरनेट सुविधा भएपछि राम्रो भिडियो खिच्ने मोवाईल ल्यापटप कम्युटर बोकेर आउने चलन बढेको छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु