बर्माको रखाइन राज्यमा भएको झडपमा मारिनेको संख्या ५६

बर्माको रखाइन राज्यमा भएको झडपमा मारिनेको संख्या ५६ पुगेको छ । त आइतबार पछि दोस्रो पटक कफ्र्यू तोडेरै भएको झडपमा उनीहरु मारिएका हुन् ।

 

बर्माको रखाइन राज्यमा बौद्ध र मुश्लिम समुदायबीच गत जुन महिनादेखि भड्केको हिंसाले फेरी उग्र रुप लिएको हो । दुई धार्मिक समुदायका ब्यक्तिहरुले एक अर्काको हजारभन्दा बढी घरमा आगजनी गरेका छन् भने एकअर्कालाई कुटपीटसमेत गरेका छन् ।

 

स्थिति नियन्त्रणका लागि रखाइन प्रान्तको मिन ब्या र माउकमा कर्फ्यू लगाइए पनि त्यसले काम गर्न सकेन । गत मेमा एक बौद्ध महिलालाई तीन मुश्लिम युवाले सामूहिक बलात्कार गरेको भनिने घटनापछि हिंसा भड्केको थियो । त्यसबेला नै जातीय हिंसामा परी ९० जना मारिइएका थिए । कयौंको घर जलाएर खरानी पारिएको थियो ।

 

– Agencies