अमेरिकाको न्यूयोर्क शहरको एक प्रहरीलाई महिलाको अपहरण गरी बलात्कार, हत्या र त्यसपछि महिलाको शव काटेर पकाएर खाएको आरोपमा गिरफ्तार गरिएको छ ।
सुन्दै डरलाग्ने र आङै जिरिङ हुने त्यस्तो काम गर्ने व्यक्ति हुन् २८ वर्षे गिल्वर्टो भल्ले । ६ वर्षदेखि प्रहरी सेवामा रहेका उनले अर्का एक जना साथीसँग मिलेर झण्डै एक सयभन्दा बढी महिलाको नामावली तयार पारेको पनि जनाइएको छ । भिल्लेको पीडित सूचीमा रहेकाहरुका बारेमा प्रहरीले उनका कम्प्युटरसहितको सामग्री जफत गरेपछि फेला पारेको हो ।
संघीय अनुसन्धान ब्यूरोका अनुसार भिल्लेले पीडित महिलालाई अपहरणपछी बलात्कार गरी पिडीत महिलाको मासु पकाएर खान आफ्नो भान्सामा ल्याउनुअघि बेहोश बनाउन क्लोरोफर्म नामक औषधि प्रयोग गर्ने गरेका थिए । तर भिल्लेका वकिलले आरोपलाई गलत भनेका छन् । सरकारी वकिलले भने उक्त व्यक्तिमाथि लगाइएको आरोप पुष्टि हुने दावी गरेका छन् ।
– Agencies