सिरियामा ईद मनाउन चार दिने युद्धविराम घोषणा गरे लगत्तै दमास्कसमा कार बम विस्फोट

सिरियाली सेनाले मुश्लिमहरुको महान पर्व ईद अल अजाह मनाउन चार दिने युद्धविराम घोषणा गरे लगत्तै राजधानी दमास्कसको मानव बस्तिमा कार बम विस्फोट गराईएको छ ।

 

विस्फोटमा परी ५ जना मारिनुका साथै ३० भन्दा बढी घाईते भएको सरकारी टेलिभिजनले जनाएको छ ।

 

सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका विशेष दूत लख्दर ब्राहिमीको प्रस्ताव अनुसार सिरियाली सेना युद्धबिराम घोषणा गरे पनि देशका विभिन्न भागमा गोली हानाहानका घटनाहरु भईरहेको बीबीसीले जनाएको छ ।

 

 सिरियामा २० महिनादेखि चलेको सरकारबिरोधी आन्दोलनमा हालसम्म ३२ हजारभन्दा बढी व्यक्ति मारिइसकेका छन् ।

 

– Agencies