कतारमा पनि मनाए अर्घाखाँचीवासिले दसैं


कतारमा पनि मनाए अर्घाखाँचीवासिले दसैं (फोटो फिचर सहित)



पशुपती श्रेष्ठ दोहा कतार,
हिन्दूधर्मावल्म्बीहरुको महान चाड विजयादशमी अर्थात दसैं रोजगारिको सिलसिलामा कतार आएका अर्घेलिहरुले पनि भव्य रुपमा सनैया स्थित माउटेन रेस्टुरेन्टमा अर्घाखाँची सेवा समाजले आयोजना गरेको दसैं मिलन समारोहको बिच मनाएका छन|
समाजका अधक्ष्य युवराज पाण्डेको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथी जिल्लाका वरिस्ठ अग्रज गोबिन्द प्रसाद आचार्यले उपस्थित अर्घेलीवासिहरुलाई टिका जमरा लगाइदिदै शुभकामना दिनु भएको थियो|
समाजका दुर्तिय उपाध्क्ष्य चिरन्जिबी भट्टराईले दसैंको बिशेषता को बारेमा बताउदै स्वागत मन्त्ब्य सँगै “स्वागत गर्छौ उपस्थित सबैलाई सम्मान गर्छौ अतिथि लाई पाहुनालाई”२०६९ दसैंको बेला यही अवसरमा हामी सबै भइरहेका छौ भेला,लगाउ टिका मान्यजनको आर्शिवाद थापेर आमा बाबाको माया मुटुमा राखेर भन्ने  बोलको गीत गाएर उपस्थित सबैलाई भाबुक बनाएका थिए|
यसरी सात समुन्द्र पारीको मुस्लिम समुदाय रहेको प्रवासमा रहेता पनि दसैं मनाउन पाउदा सबैमा खुशीयाली देखिएको थियो| भने समारोहमा
दही,केरा,मिठाइ लगायतका परीकार समाजले उपस्थित सम्पूर्णलाई खानको समेत व्यबस्थित गराएको थियो|समाजका प्रथम उपाध्क्ष्य भुवन केसिले सन्चालन गरेको सो समारोह कार्यक्रमा अतिथिहरुमा ॠषिराम पराजुली,रिमलाल बस्नेत,देबराज थापा,युबराज पोख्रेल,वागी सेवा समाजका अध्क्ष्य टोपलाल भुसाल,प्रत्रकार पशुपती श्रेष्ठ लगाएत रहेको उक्त कार्यक्रममा अन्य सस्था हरुलाई भने आमन्त्रित गरिएको थिएना| तेस्तै अर्घाखाँचीका लोकगायक वामदेव भाटले आफ्नो नयाँ गीत ” मन रुन्छ नेउली झै सुके सेवली झै” को शिर्ष लोक गीत गाएर अझ मनोरन्जन गराएका थिए|