सोमबार अर्घामा पुर्णिमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री आउँदै, राष्ट्रिय जनमोर्चाको केन्द्रिय नेता एवम रक्तिम सास्कृतिक टोली सन्धिखर्कमा
कार्तिक १२ गते, २०६९ मा प्रकाशित
– गणेश खनाल
अर्घाखाँची असोज १२ गते । प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई सोमवार अर्घाखाँची आउनु हुने भएको छ । एकिकृत नेकपा माओवादी अर्घाखाँचीलॆ अर्घामा आयोजना गरेको जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न अर्घाखाँची आउने कार्यक्रम रहेको माओवादी अर्घाखाँची जनाएको छ ।
विगत लामो समय देखी एमाओवादीले पुर्णिमा दिन प्रत्येक वर्ष कार्यक्रम गदै आएको छ । कार्यक्रममा शान्ति मन्त्रि टोप बहादुर रायमाझी तथा केन्द्रिय स्त्तरियका नेताले सम्बोधन गर्ने जनाईएको छ ।
कार्यक्रममा केन्द्रिय स्त्तरका कलाकारको समेत प्रस्तुती रहने छ । साथै पुर्णिमा दिन अर्घाको प्रसिद्र मन्दिरमा सराई नाचका साथ ठुलो मेला लाग्ने गर्दछ । प्रधानमन्त्री अर्घाखाँची आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाको पनि सोही स्थानमा भव्य जनसभा एवम सास्कृतिक कार्यक्रम हुँदैछ। उक्त कार्यक्रमको लागि जनमोर्चाका केन्द्रिय नेता एवम रक्तिम सास्कृतिक अभियानका जीवन शर्मा लगायत केन्द्रिय टोली सन्धिखर्क आइपुगिसकेका छन।
सो कार्यक्रमको लागि तयारी पुरा भईसकेको बताइएको छ ।
यसैक्रममा उक्त पुर्णिमामा हुने माओवादी र राष्ट्रिय जनमोर्चाको सभा एवम सास्कृतिक कार्यक्रमको अर्घाखाँची डट्कमले प्रत्क्षय भिडियो लाईभ गर्ने छ भने सोको लागि प्रवाधिक तयारी भईरहेको डट्कमको जनाएको छ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।