भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा केन्द्रीय मन्त्रिमण्डलमा व्यापक हेरफेर

भारतीय मन्त्रिपरिषदमा व्यापक हेरफेर, २२ मन्त्रीले शपथ खाए

 

भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आज केन्द्रीय मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । सिंहले ७ मन्त्री र १५ राज्यमन्त्री गरी २२ नयाँ मन्त्रिहरु थपेका छन् ।

 

पुनर्गठित मन्त्रिमण्डलमा सलमान खुर्सिद नयाँ विदेशमन्त्री बनेका छन् भने पवन वंशल रेल, अश्विनीकुमार कानुन, माकन शहरी विकास, पल्लभ राजु मानव संसाधन, जयपाल रेड्डी विज्ञान प्रविधि र कमलनाथ संसदीय कार्यमन्त्री बनेका छन् ।

त्यस्तै आन्द्र प्रदेशका सांसद एंव फिल्म कलाकार चिरञ्जीवि तथा कांग्रेस प्रवक्ता मनिष कुमारलाई स्वतन्त्र प्रभार राज्य मन्त्रिमा नियुक्त गरीएको छ  । त्यस्तै इण्डियन प्रिमियर लिगमा भएको विवादका कारण राजिनामा दिएका शशि थरुरलाई पुनः राज्यमन्त्रीमा नियुक्त गराइएको छ ।


के सुरेश, तारिक अनवर, केजे प्रकाश, रानी नारा, एएच खान चौधरी लगायत १५ जनाले राज्यमन्त्रीमा सपथ लिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


यसअघि शुक्रबार विदेशमन्त्री एसएम कृष्णासँगै हिजो ७ मन्त्रीहरुले राजिनामा दिएका थिए ।

 

– एजेन्सी