आज दशैं टीकाको अन्तिम छैठौ दिन अर्थात कोजाग्रत पूर्णिमा आफ्ना मान्यजन र आफन्तबाट टीका थापेर आशिर्वाद ग्रहण गरिँदैछ ।
आज कोजाग्रत पूर्णिमासम्मै टीका थाप्ने क्रम जारी रहने छ । यस बर्ष कार्तिक १४ गतेसम्म विदा परेकाले दशैको अबसरमा टाढाका आफन्तजनसम्म पुग्न समय मिलेको छ ।
दशैंका समयमा मानिसहरु सकेसम्म सबैकहाँ पुग्ने प्रयास गर्दछन् । लामो समय काम विशेषले भेट हुन नसकेकाबीच पनि भेटघाट हुने अवसर दशैंले उपलब्ध गराउंछ । गाउँ गएका कतिपय मानिसहरु फेरि आ-आफ्ना कर्मथलो फर्कन थालेकाले राजधानीको गतिविधि फेरि तीब्र हुन थालेको छ ।
विजयादशमी अवधी आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आआफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टिका र जमरा लगाइन्छ ।