कांग्रेस र एमालेद्धारा एमाओवादी प्रचण्डले सहमतिका लागि भन्दै अघि सारेका पछिल्लो प्रस्ताव अस्वीकार

ललितपुर  । नेपाली कांग्रेस र नेकपा एमालेले ए-माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि भन्दै अघि सारेका पछिल्लो प्रस्ताव संयुक्त रुपमा अस्वीकार गरेका छन । ललितपुरमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले वर्तमान सरकार सहमतिका लागि बाधक भएको समेत निश्कर्ष निकालेको छ ।


वर्तमान सरकार नहटेसम्म एमाओवादीसँग कुनै सहमति नहुने पनि २ दलले स्पष्ट पारेका छन । वर्तमान सरकारको नेतृत्वमा संघीय लोकतान्त्रिक संविधान बन्न नसक्ने पनि दुई दलको ठहर छ ।


शनिबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले समक्ष संविधानसभाको पुनःस्थापना गरी सहमति भएका विषय समेटी संविधान जारी गर्ने वा वर्तमान सरकारकै नेर्तत्वमा निर्वाचन गर्ने भन्ने दुईवटा विकल्पसहितको प्रस्ताव राखेका थिए ।