हंसपुरको बामरुकमा भएको घटनामा एमालेले सुनियोजित रुपमा आक्रमण गर्‍यो: एमाओवादी

– वीरेन्द्र केसी


अर्घाखाँची – हंसपुरको बामरुकमा भएको घटनामा एमालेले सुनियोजित रुपमा षडयन्त्र गरी आफना नेता तथा कार्याकर्तामाथि सांघातिक आक्रमण गरी गंभिर घाईते बनाएको एमाओवादीले आरोप लगाएको छ ।

 

दसैको नवमीको दिन मोटरसाईकलको विषयमा भएको विवादले उग्ररुप लिई झडपमा परिणत हुँदा एमाओवादीका दुई जिल्ला स्तरीय नेता सहित २० जना कार्यकर्ता घाईते भएका थिए । दुई साता अघि हंसपुर प्रहरी चौकीका प्रहरी जवानले माओवादी जिल्ला सदस्य उदय थापाको मोटरसाईकल लिएर सदरमुकाममा तलव बुझन आएको बेला बामरुककी रिता रेग्मीलाई लिएर घरसम्म पर् ुयाएपछि घरभित्र पसेर बस्दा रेग्मीका जेठाजु लगायतका गाउँलेले शंका गरी मोटरसाईकल नियन्त्रणमा लिएका थिए । उक्त मोटरसाईकल लिनका लागि विवाद मिलाउन दसैको नवमीको दिन एमाओवादी महाधिवेशन आयोजक समितिका सदस्य चन्द्र बहादुर खडकाको नेतृत्वमा नेताहरु बामरुक गएका थिए ।

एमाओवादीले पत्रकार सम्मेलन गरी पार्टीको जिम्मेवार नेता आए मोटरसाईकल दिन्छौ भनी बोलाएर छलफल पछि स्टाट गरी हिडने बेलामा पछाडीबाट सुनियोजित रुपमा खुकुरी प्रहार गरी अन्धधुन्ध आक्रमण गरेको प्रति खेद व्यक्त गरेको छ । खडकालाई दुव्यवहार भएको र गंभिर घाईते मगरात राज्य समिति सदस्यद्धय पदम क्षेत्रीको काठमाण्डौमा उपचार भैरहेको र तोजबहादुर रायमाझीको हात भाँचिएको र २० जना कार्यकर्ता घाईते भएको गुल्मी अर्घाखाँची ईन्चार्ज दिनेश पंथीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । रायमाझीको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र अन्यको जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन ।  घटनामा संलग्नतालाई कानुनी कारवाही गर्न माग गरेको छ । ईन्चार्ज पंथीले घटनाप्रति आफुहरु जिम्मेवार भएको र प्रतिशोध भन्दा छलफलबाट समाधान गर्न चाहेको बताए ।

 

बामरुकमै घर भएको एमाले जिल्ला सचिव दलबहादुर भट्टराईको नेतृत्वमा षडयन्त्रमुलक ढंगबाट सांघातिक आक्रमण भएको एमाओवादीको आरोप छ । विवाद मिलाउन गएका नेता खडकाले हिडने बेलामा एक्कासी आक्रमण गरेको बताए । उनले हात ठाडो गराएर  आत्मसमपर्ण गर्दा समेत अंगभङ्ग हुने गरी संघातिक आक्रमण बताए ।  एमाले जिल्ला सचिव  भटराईको नेतृत्वमा सुनियाजित रुपमा आक्रमण भएको हो । आक्रमण पछि घाईते भएकालाई समेत उपचारको लागि लिन नदिई खाट तेसा्रएर अवरोध भटराईले गरेको उनले बताए । लडन चाहेको भए द्धन्द्धको राम्रैसँग अनुभव छ तयारी गरेर जानेथियौ,  उनले भने सहजीकरण गर्दा उत्तेजित पारेर अन्धधुन्दा प्रहार गरियो ।  पत्रकार सम्मेलनमा लुटिएका समान र एक दर्जन क्षति गराईएका मोटरसाईकलको उचित क्षतिपुर्ती उपलब्ध गराउन माग गरेको छ । गाउँलेले नियन्त्रणमा राखेको मोटरसाईकल लिन गएका एमाओवादी नेता र गाउँले बीच भएको झडपलाई रोक्न प्रहरी निरीक्षक चन्द्र थापाको नेतृत्वमा गएको टोली समेत घाईते भएका थिए । झडपमा परी थापा सहित दुई जना प्रहरी जवान घाईते भएका थिए ।


एमालेले एमाओवादीको आरोपप्रति कडा प्रतिवाद गरेको छ । एमाले अध्यक्ष रामजीप्रसाद घिमिरेले एमाओवादीको लगाएको आरोपको खण्डन गर्दै सत्यलाई ढाकछोप गरी राजनीति गर्न खोजेको बताए । एमाओवादीका नेताले जनतालाई उल्टै कुटपिट गरेको र भिडन्त हुने स्थिति निम्त्याएकाले जनताले प्रतिकार गरेको बताउँदै एमालेको योजना नभएको नभहेको घिमिरेले बताए । माओवादीले द्धन्द्धको दम्भ देखाएर कानुन हातमा लिन खोजेकाले जनतासँग गएर एमाओवादीका नेताले माफी माग्नुपर्ने बताए । उनले डिएसपीले दसैपछि मोटरसाईकल निकालिदिने नभए आफै किनेर दिने भन्दाभन्दै एमाओवादीले गएर जबरजस्ती गरेको बताए । स्थानीय शान्ति समितिका संयोजक समेत रहेको घिमिरेले आईतवार सर्वदलीय बैठकमा घटनाबारे छलफल गरी सामान्यकरण तर्फ कुरा गर्दा विषयमा प्रवेश गर्न एमाओवादी नचाहेको बताउँदै घटना घटनु दुःखद भएकाले टेबुलमा बसेर छलफल गरी समस्याको समाधा गर्ने बताए ।


आरोप लागेको एमाले जिल्ला सचिव दलबहादुर भटराईले भिडन्त भएपछि आफुले थाहा पाएको र पछि घटनालाई साम्य पार्न लगोको बताए । उनले आफुमाथि लागेको आरोप खण्डन गर्दै भने म नभएको भए ठुलो घटना हुने थियो मैले बचाएको हुँ ।

 

प्रहरी नायव उपरीक्षक हरि बहादुर पाण्डेले आफुले एमाओवादीका नेतालाई टेलिफोन गरी केही दिनपछि मोटरसाईकल निकाल्ने भनेको बताए । उनले घटनाबार थप छानविन भैरहेको पनि बताए । स्थानीय गाउँलेले दसैको नवमीको दिन घटना भएपछि त्रासका कारण टीकाको दिन ओडारमा रात बिताएको बताएका छन ।

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु