– विनोद गैरे
अर्घा, अर्घाखाँची । अर्घाखाँचीको ऐतिहासिक अर्घा भगवति मन्दिरमा आज दशैको यो अन्तिम दिन अर्थात पुर्णिमाको दिन भव्य पुजाआजा भइरहेको छ। अर्घा भगवति मन्दिर अर्घाखाँचीको मात्र नभएर देशकै एक पवित्र धार्मिक स्थल मान्न सकिन्छ । सन्धिखर्क वाट करिव १० कि.मि उत्तरमा अवस्थित अर्घा भगबति मन्दिरमा अर्घाखाँचीबाट मात्र नभएर गुल्मि , पाल्पा , कपिलबस्तु , नवलपरासी , वाग्लुङ्ग , स्याङ्गजा , लगाएत धेरै ठाँउ वाट उल्लेखिय तिर्थ यात्रीहरु पुजा आजा गर्न आउन्छन् । आज राती करिव १ वजे वाट सन्धिखर्कमा चहल पहल वडेको छ । साना नानीहरु देखि बयोबृद्ध सम्म राती नै त्यसतर्फ पस्थान गरिसकेका छन् । त्यसले पनि के जनाउन्छ भने अर्घामा यस पाली सदाका बर्ष भन्दा उल्लेखिय सहभागिता हुने उड्कल काट्न सकिन्छ ।
उता राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानी गैरामा विसाल जनसभा तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष झविलाल थापाका अनुसार सम्पूर्ण तयारी पुरा भइसकेको र केन्द्रिय वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव का.सन्त बहादुर नेपाली र राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष मनोज भट्ट अर्घामा उपस्थित भइसक्नु भएको जानाकारी दिनुभएको छ ।
त्यस्तै रक्तिम परिवारका नारायण शर्माले पनि सम्पूर्ण तयारी पुरा भएको यसपाली अर्घामा १