जापानको उत्तरी क्षेत्रस्थित सेन्डाई विमानस्थलमा दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको नपड्किएको बम फेला परेपछि सम्पूर्ण हवाई उडान प्रभावित भएको छ ।
अमेरिकाले बनाएको २ सय ५० किलोको उक्त बम विमानस्थलको धावनमार्ग नजिक फेला परेको हो ।
यो विमानस्थल दोस्रो विश्वयुद्धको समयमा जापानी सैन्य उडान विद्यालयको रुपमा उपयोग गरिएको थियो ।