करोडौ रुपैयाँ ठगी गरेको आरोपमा मस्ट वान्टेड सुचीमा रहेका भण्डारी पक्राउ

गुल्मी  । वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुको करोडौ रुपैयाँ ठगी गरेको आरोपमा गुल्मी धुर्कुट निवासी विष्णु भण्डारीलाई आज प्रहरीले गुल्मीकै तम्घासबाट पक्राउ गरेको छ ।

 

धार्मिक नाम स्वामी विष्णु प्रपन्नाचार्य राखेका भण्डारीलाई तम्घासमा श्रीमद् भागवत् ज्ञान महायज्ञमा जाने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्लेले जानकारी दिए ।

 

नेपाल प्रहरीको मस्ट वान्टेड सुचीमा समेत रहेका भण्डारीले ५ करोड भन्दा बढी रकम सर्वसाधारणसँग ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

 

– RSS