भारतको पूर्वी तटमा नीलम नामक चक्रवाती आँधी आउने सक्ने चेतावनी

भारतको पूर्वी तटमा नीलम नामक चक्रवाती आँधी आउने सक्ने चेतावनी दिईएको छ ।

 

भारतीय मौसमबिदहरुका अनुसार पूर्वी भारतको तटिय क्षेत्रको कयौं जिल्ला आँधीको चपेटामा पर्ने भन्दै यसप्रति सचेत रहन चेतावनी दिईएको हो । भारतको तमिलनाडु र दक्षिणी आन्द्र प्रदेशमा तेजगतीमा हावा चल्नुका साथै भारी बर्षा जारी छ ।

 

बंगालको खाडीबाट उठेको चक्रवाती आँधी चेन्नाईको दक्षिण पूर्वको चार सय किलोमिटर टाढा केन्द्रित रहेको जनाउँदै यसप्रति सचेत रहन भारतीय जनतालाई सचेत तुल्याईएको हो । तमिलनाडुमा उच्च सतर्कताका साथ सेना तैनाथ गरिनुका साथै आँधी प्रभावितहरुलाई ब्यबस्थापन गर्नका लागि सुरक्षित स्थानको पहिचान गरिएको छ । मौसमबिदहरुको भविष्यबाणीसंगै भारतीय जनता त्रसित बनेका छन् ।

 

– Agencies