काठमाडौं । विदेशी मुद्रा तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठलाई ३ महिनाका लागि गृहमन्त्रालयले निलम्बन गरेको छ । नेपाल प्रहरीले श्रेष्ठलाई निलम्बन गर्न हिजो गृह मन्त्रालयमा पत्र पठाएको थियो ।
भारतीय नागरीक विनोदकुमार सोनीले गर्न खोजेको एक करोड २४ लाख बराबरको विदेशी मुद्रा तस्करीमा एसएसपी श्रेष्ठको पनि संलग्नता रहेको पाएपछि गृह मन्त्रालयलाई कारवाहीको लागि सिफारिस गरिएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक भिष्म प्रसाईको संयोजकत्वमा गठित छानविन समितिले गत असोज १९ गते भएको उक्त विदेशी मुद्रा तस्करीमा श्रेष्ठको संलग्नता देखिएपछि कारवाहीका लागि प्रहरी मुख्यालयमा सिफारिस गरेको थियो ।