रुस । रुसमा बालबालिकालाई हानी पु-याउने खालका विभिन्न इन्टरनेट सामाग्री राखिएका साइटहरु अफलाइन बनाउन र कालो सुचीमा राख्न सकिने कानुन लागु भएको छ ।
यसबाट त्यस्ता कुनै पनि विवादास्पद वेभसाइटलाई कानुनी सुनुवाई विना नै अधिकारीहरुले कालो सुचीमा राख्न सक्ने छन् । रुसी संसदको दुबै सदनले पारित गरिसकेको कानुनमा राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुलाई महिनामा हस्ताक्षर गरिसक्नु भएको छ ।
अधिकारकर्मीहरुले नयाँ कानुनले मुलुकमा सेन्सरसीप बढाउन सक्ने आशंका जनाएका छन् ।
तर अधिकारीहरुले बालबालिकालाई यौन हिंसाबाट रोक्ने ,आत्महत्या कसरी गर्न सकिन्छ भन्ने खालका जानकारीबाट टाढा राख्ने ,लागुपदार्थ प्रयोग गर्नबाट निरुत्साहित गर्ने र अश्लिल सामाग्रीको पहुंचबाट उनीहरुलाई नियन्त्रण गर्ने नयां कानुनको उद्धेश्य रहेको बताएका छन् । आलोचकहरुले भने यसलाई जनतामाथि नियन्त्रण राख्ने राष्ट्रपति पुटिनको अभ्यासको रुपमा व्याख्या गरेका छन् ।
– Agencies