लिबियामा नयाँ मन्त्रीमण्डल गठनप्रति असहमती जनाँउदै बन्दुकधारीहरुद्धारा संसद भवन कब्जा

लिबिया  । लिबियामा नयाँ मन्त्रीमण्डल गठनप्रति असहमती जनाँउदै बन्दुकधारीहरुको एउटा समुहले संसद भवन कब्जा गरेको छ । संसद भवन बाहीर अत्याधुनिक हतियारले सुसज्जित कम्तीमा एक दर्जन ट्रकहरुले मुख्य सडक अवरुद्ध पारेका छन् ।


 
बन्धदुकधारीहरुले संसद भवन कब्जा गर्दै पुर्व शाशक मुआमार गद्याफी निकटस्थहरुलाई मन्त्रीमण्डलबाट हटाउनुपर्ने माग राखेका छन् । बन्दुकधारीहरुले संसद कब्जा गरेपनि दुई पक्षविच भिडन्त भने भएको छैन । असन्तुष्ट बन्दुकधारी र प्रधानमन्त्रीका प्रतीनीधिविच वार्ता भईरहेको बताईएको छ ।


 
लिबियामा गत जुलाईमा शान्तीपुर्ण निर्वाचन भएको थियोभने निर्वाचन भएको ४ महिनापछि प्रधानमन्त्री अलि जिदानले हिजोमात्रै मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो । संसदको वहुमत समर्थन प्राप्त जिदानले सबैलाई समेटेर संयुक्त सरकार बनाउने घोषणा अनुरुप उदारवादी तथा कट्टरपन्थी दुबैलाई स्थान दिनुभएको थियो ।


 
जिदानले पुर्व शाशक गद्याफी मर्थकलाई फेरी शक्तिमा ल्याउन लागेको भन्दै संसद कब्जा विद्रोह सुरु भएको हो । गद्याफीको पतनपछि लिबियाको आन्तरीक राजनीतिमा पुर्व प्रधानमन्त्री महमुद जिब्रिलको राष्ट्रिय गठबन्धन र मुस्लिम ब्रदरहुडको जस्टीस एण्ड कन्सट्रक्सन पार्टीको बलीयो पकड बन्दैछ ।

 

– Agencies