सिरिया । सिरियामा बिद्रोहीको आक्रमणमा परेर २८ जना सरकारी सुरक्षाकर्मी मारिएका छन् । सिरियाको दमस्कस एलोप्पोमा भएको भिडन्तमा उनीहरु मारिएका हुन् । बीच बाटोबाट अघि बढिरहेका बिद्रोहीलाई रोक्न सरकारी सुरक्षाकर्मीले आक्रमण गरेपछि दुबै पक्षबीच भिडन्त भएको हो । भिडन्तमा थुप्रै घाइते भएका छन् ।
घटनामा बिद्रोही पक्षका पाँच जना मारिएका छन् । सरकारी सेनाले हवाई र स्थलमार्गबाट आक्रमण गरेको थियो । बिद्रोही सेना एलोप्पोबाट दक्षिणतर्फ अघि बढिरहेको बताइएको छ । हातहतियारले सुसज्जित सरकारी सेनाको प्रतिकार गर्न बिद्रोही युवाहरु अग्रपंक्तिमा छन् भने महिलाको संख्या पनि उत्तिकै छ ।
सिरियाली सेनाले भने महिलाहरुलाई पछी हट्न बारम्बार भनेका छन् । सिरियामा गत २० महिनादेखि सरकारबिरोधी आन्दोलन जारी रहेको छ । सरकार र बिद्रोहीको झडपमा दिनहुँ थुप्रैं मारिने गरेको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै शुरु भएको प्रदर्शनका क्रममा हालसम्म ३२ हजारभन्दा बढी मारिइसकेका छन् ।
– Agencies