प्याकेजमा सहमति बने सरकार छाड्न, कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने एकीकृत माओवादीका महराको भनाई

काभ्रे । एकीकृत माओवादीका नेता कृष्णबहादुर महराले प्याकेजमा सहमति बने आफुहरु सरकार छाड्न तयार रहेको बताएका छन् ।

 

आज काभ्रेमा पार्टीको धुलिखेल नगर सम्मेलनको उद्घाटन गर्दै नेता महाराले केही समयका लागि संविधानसभा पुनःस्थापना गरेर संविधानसभा जारी गरेर संसदको चुनाव गर्नुपर्नेमा जोड दिए ।

 

सबै विषयमा सहमति बने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने महराको भनाई थियो । संविधान लेखनको ९० प्रतिशत काम सकिसकेकोले फेरि संविधानसभाकै चुनाव गर्नु उपयुक्त नहुने महराको तर्क थियो ।

 

– RSS