मनिला – दक्षिणी फिलिपिन्सको मिन्दानाओ टापुमा भूकम्पको ठूलो धक्का महशुश भएको छ। अहिलेसम्म यो धक्काले कति क्षति पुर्या यो बाहिर आएको छैन। साथै सुनामकी संभावना नरहेको बताइएको छ।
आज बिहान ६.४ रेक्टरस्केल क्षमताको भूकम्प गएको अमेरिकास्थित जिओलोजिक सर्वेले जनाएको छ। फिलिपिन्सको इन्स्टिच्युट अफ भोल्क्यानोलोजीले भने ६.५ रेक्टरस्केल भूकम्प गएको रेकर्ड गरेको छ। इन्स्टिच्युटका अनुसार राजधानी मनिलाबाट ८ सय ३२ किलोमिटर दक्षिण पूर्वको तेन्देग सहरमा भूकम्प गएको हो। भूकम्प ७८ किलोमिटर गहिराईमा रहेको बताइएको छ।