सिरियामा विद्रोहीहरुद्धारा उत्तरी क्षेत्रको प्रमुख एअर वेस क्याम्प नियन्त्रणमा लिन भीषण आक्रमण

सिरियामा राष्ट्रपति बशार अल असादको शासनविरुद्ध संघर्ष गरिरहेका विद्रोहीहरुले उत्तरी क्षेत्रको प्रमुख एअर वेस क्याम्प नियन्त्रणमा लिन भीषण आक्रमण गरेका छन् ।


रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको राजधानी दमस्कस र एलेप्पो शहर पूर्ण नियन्त्रणमा लिन पनि उक्त बेस क्याम्पमा आक्रमण गरिएको विद्रोहीहरुले जनाएका छन् ।


सिरियाका विपक्षीहरुको कतारमा हुने महत्वपूर्ण बैठकको पूर्वसन्धामा यो आक्रमण भएको हो । पछिल्लो समय सरकारी सेनाले विद्रोहीविरुद्ध हवाई आक्रमण तीव्र पारेका छन् ।


यसैबीच संयुक्त राष्ट्रसंघले विभिन्न भिडियोहरुमार्फत सार्वजनिक सरकारी सेना र सरकार समर्थित मिलिसियालाई विद्रोहीहरुले हत्या गरेका दृश्य युद्ध अपराधका लागि प्रमाण हुने जनाएको छ ।


हिजो मात्र अमेरिकाले सिरियामा कुनै पनि पक्षले मानवअधिकार उल्लंघन गरे त्यसको निन्दा गर्ने जनाएको थियो । सिरियामा सन् २०११ को मार्चं यताको सरकार विरोधी प्रदर्शनमा ३६ हजार भन्दा बढी मानिस मारिइसकेका छन् ।

 

– एजेन्सी