अयोग्य लडाकुलाई रकम दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने भन्ने सरकारको निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदातले सरकारलाई अन्तरिम आदेश दिएको छ । सरकारले एक साता अघि अयोग्य लडाकुलाई रकम दिने निर्णय गरेको थियो । निर्णयको विपक्षी राजनीतिक दलहरुले तिब्र विरोध गर्दै आएका थिए भने बिहिबार सर्वोच्चमा रिट परेको थियो ।

 

Source:Rss