अमेरिकामा समुद्री आँधी स्याण्डीका कारण लाखौं न्यूयोर्कबासी अन्धकार बस्न वाध्य, पेट्रोलियम पदार्थको ठूलो अभाव, जनजीवन अस्तव्यस्त


अमेरिकामा समुद्री आँधी स्याण्डीले विनाशलिला मच्चाएपछि लाखौं न्यूयोर्कबासी अझै पनि विद्युत सेवाबाट बञ्चित छन् । विद्युत सेवा सुचारु गर्ने प्रयासमा भइरहेको ढिलाईका कारण न्युयोर्कबासी निराश बनेको बताइएको छ ।


विद्युत आपूर्ति गर्ने कम्पनी लिपाले अझै ४ लाख ५० हजार मानिस बिजुलीबाट बञ्चित रहेको जनाएको छ । न्यूयोर्कका मेयर माइकल ब्लुमवर्गले जनतालाई अन्धकारबाट मुक्त गर्ने दिशामा लिपाले सुस्त गतिमा काम गरेको भन्दै आलोचना गरेका छन् ।


अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि विद्युत सेवा संवेदनशील विषय भएको भन्दै तीव्र गतिमा काम अघि वढाउन आग्रह गरेका छन् । अधिकारीहरुले आँंधी प्रभावित राज्यहरुमा मंगलबार हुने राष्ट्रपतिय निर्वाचनमा मतदान केन्द्रहरु राख्न सकिने