पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा, स्थानीय वासिन्दाद्धारा भब्य स्वागत


नवलपरासी । पूर्वराजा ज्ञानेन्द्र शाह आज भैरहवा गएका छन् । नवलपरासीको हरपुर गाउँ विकास समितिस्थित गोपालपुरमा निर्माण गरिएको महायोगी गुरु गोरक्षनाथ मन्दिरको भोलि उद्घाटन गर्ने शिलशिलामा पूर्वराजा भैरहवातर्फ निस्केका हुन् । स्थलमार्ग हुदै जानु गएकाका ज्ञानेन्द्रलाई धादिङ, चितवन, नवलपरासीका विभिन्न स्थानमा स्थानीय वासिन्दाले भब्य स्वागत गरेका छन् ।


पूर्व राजाले धादिङको नौविसेस्थित वाहुनडाँडामा मुक्तिनाथ मन्दिरमा पूजाआज गरेका थिए । नारायणगढमा झण्डै १ किलोमिटर हिंडेका पूर्वराजालाई राजावादी, राप्रपा नेपालका कार्यकर्ता तथा सर्वसाधारणले भब्य स्वागत गरेका थिए ।


उता, नवलपरासीको गैंडाकोट, रजहर, कावासोती लगायतका स्थानमा पनि स्थानीय वासिन्दाले पूर्वराजाको भब्य स्वागत गरेका थिए । ज्ञानेन्द्र आज भैरहवास्थित निर्वाणा होटलमा बस्ने र भोलि नवलपरासीको हरपुर गई मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


भैरहवा बसाइका क्रममा उनले आफ्ना सर्मथक र शुभचिन्तकहरुलाई भेट्ने बताइएको छ ।

 

– RSS