सिरिया । सरियामा श्रृंखलाबद्ध कार बम बिस्फोट हुँदा कयौ मारिएका छन् । सिरियाको हमा प्रान्तको जियारा गाउँमा रहेको सरकारी बिकास एजेन्सी अगाडी भएको बिस्फोटमा कयौं हताहत भएका छन् ।
सिरियाको मानवअधिकार संस्थाका अनुसार उक्त बिस्फोटमा परी ५० जना सेना र अन्य मिलिसिया मारिएका छन् । बिस्फोटक पदार्थले भरिएको कार सिरियाको स्थानीय बिकास केन्द्रमामा प्रवेश गर्ने बितिकै बिस्फोट भएको बताईएको छ । बिस्फोटमा कयौं घाईते भएका छन् ।
अर्को बिस्फोट राजधानी दमस्कसको मेजेज इलाकामा भएको भएको बुझिएको छ । जसमा ११ जना मारिएका छन् । सिरियामा पछिल्लो १८ महिनामा १८ हजार भन्दा बढी सर्वसाधारण हराईरहेको मानवअधिकार संस्थाले जनाएको छ । सिरियामा जारी संघर्षकाबीच सरकारी सेनाले बाटोमा हिंडीरहेका सर्वसाधारणलाई पनि उठाएर लग्ने गरेका छन् । बेपत्ता भएकाहरुमा महिला र केटाकेटीको संख्या अध्यधिक रहेको छ ।
– Agencies