नवलपरासी । पूर्व राजा ज्ञानेन्द्र शाह आज नवलपरासी पुगेका छन।
नवलपरासीको गोपालपुरस्थित शिवगोरक्ष कालिका महायज्ञमा शिवको मूर्ति स्थापना कार्यक्रममा सहभागि हुन उनी गोपालपुर गएका हुन। यसअघि हिजो भैरहवा जाने क्रममा पूर्व राजालाई धादिङ, चितवन र नवलपरासीको कावासोतीमा सर्वसाधारणले फूलगुच्छा र बाजागाजा सहित स्वागत गरेका थिए ।
यसैबीच पूर्वराजा ज्ञानेन्दको प्रचारमा जुटेको विश्व हिन्दू महासंघले नेपालको संविधान समेत नमान्ने गरी राजाको नामको अगाडी पछाडि श्री ५ महाराजधिराज सरकार लेखेर प्रचार गरेकोमा नवलपरासीका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।
नवलपरासीमा रहेको राजनीतिक दलहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर उक्त किसिमको प्रचारप्रसारको भर्सना गर्दै आपत्ति जनाएका हुन् ।
RSS