अर्घाखाँचीमा ८७ वटा माला लगाइदिएर जिल्ला प्रथमको सम्मान

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची । २०६९ सालको एसएलसी परीक्षामा अर्घाखाँची जिल्ला प्रथम हुने सनराइज इंगलिस बोर्डिङ स्कुल डिभर्नाका बिद्यार्थी रिसब कुवरलाई ८७ वटा माला लागाइदिएर तथा कदर पत्र प्रदान गरेर बिद्यालयले सम्मान गरेको छ ।

 


 

आफ्नो गाउको बिद्यालयमा अध्यन गरेर पनि एसएलसी परीक्षामा जिल्ला प्रथम हुन सफल भएको भन्दै स्थानीय गाउलेहरु अत्यन्तै हर्षित भएका थिए ।

 


 

रिसबले पढनकालागि सहरबजार र सदरमुकामका बिद्यालयमा अध्यन गनु पर्छ भन्ने हाम्रो सोचाइलाइ समेत चुनौती दिएका छन ।

 


 

सनराइज बोर्डिङ स्कुल डिभर्नाको १६ औ बार्षिक उत्सब , अभिभाबक दिबस , पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा अर्घाखाँचीकै इतिहासमा एस एलसी परीक्षामा सबै भन्दा बढि नम्बर ल्याएर जिल्लाकै इतिहास कायम गर्न सफल भएको भन्दै ८७ वटा माला, ११ हजार ८७ दसमलब ५० पैसा नगद, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गर्नुका साथै ८७ मिटर लामो तुलमा राखेर सम्मान गरिएको हो ।

 


 

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले अर्घाखाचीको शैक्षिक इतिहासमा यो बिद्यालयले नया कृति कायम गर्न सफल भएको भन्दै आगामी दिनमा पनि बिद्यालयले यो भन्दा बढि राम्रो कृतिमान कायम गर्नु पर्ने बताउनु भयो ।

 


 

उहाले अर्घाखाँचीमा ७३ प्रतिसत मानिस मात्र शिक्षित भएको र  यस बर्षको एसएलसी परीक्षामा जिल्लाको नतीजा २६ प्रतिसतको हाराहारीमा रहेको बताउदै  यस बिद्यालयले शैक्षिक प्रगतिमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

 


 

सरकारी, सामुदायीक बिद्यालय र बोर्णिंग स्कुलमा आफ्ना बालबच्चा भर्ना गरेर कुनै हेर बिचार नगर्ने हाम्रो प्रबृति रहेको बताउदै अभिभाबकहरुले पनि घरमा बालबच्चाको हेरबिचार गर्नु पर्ने जिशिअ खनालले बताउनु भयो ।

 


 

कार्यक्रममा स्रोत ब्यक्ति नामबहादुर भाट क्षेत्री, बिद्यालयका सस्थापक प्रिन्सीपल नारायण पौडेल , ज्ञानप्रकास माबिका सुर्य खनाल, लगायतले मन्तब्य राखेका थिए ।

 


 

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका सदस्य जंगबिर खनालको अध्यक्षता , सहायक प्रधनाध्यापक दामोदर आचार्यको सञ्चालन र शिक्षीका सिता श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 


 

कार्यक्रममा एसएलसी परीक्षामा उत्तिर्ण हुने सम्पुर्ण बिद्यार्थी, एसएलसी परीक्षा पास भएका बिद्यार्थीका अभिभाबकहरु लाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

 


 

बिद्यालयका सम्पुर्ण कक्षामा प्रथम ,द्धितीय र तृतीय हुने बिद्यार्थी, र अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

 




 

(Additional reporting by Ganesh Khanal in Arghakhanchi)

 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।








अन्य समाचारहरु