चीनमा यो दशककै चर्चित मानिएको बो सिलाई काण्डसँग जोडिएका बेलायती व्यापारी नील हेईउडका सम्बन्धमा नयाँ तथ्य खुलासा

चीनमा यो दशककै चर्चित मानिएको बो सिलाई काण्डसँग जोडिएका बेलायती व्यापारी नील हेईउडका सम्बन्धमा नयाँ तथ्य खुलासा भएको छ । चीनमा मारिएका हेईउडले मारिनु अघि बेलायतको गुप्तचर निकायलाई गोप्य जानकारीहरु दिने गरेको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।


हेइउड सन् १९९० देखि चीनमा बस्दै आएका थिए । पत्रिकाले चीनका उच्च राजनीतिज्ञ बो सिलाईकाबारे बेलायती गुप्तचर निकाय एम सिक्स्टिनका अधिकारीहरुलाई लगातार जानकारी दिने गरेको दाबी गरेको छ ।


बेलायती विदेश विभागका अधिकारीहरुले भने गुप्तचरीको विषय भन्दै पत्रिकाको दाबी सम्बन्धमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको बताइएको छ । गत अप्रिलमा बेलायती विदेशमन्त्री विलियम हेगले भने हेईउड कुनै पनि हिसाबले सरकारी कर्मचारी नरहेको प्रतिक्रिया दिएका थिए ।


गत अगष्टमा बो की श्रीमती कु खाई र पूर्व प्रहरी प्रमुख वाङ लिचुनलाई हेईउडको मृत्युमा दोषी पाइएपछि जेल सजाय सुनाइएको थियो ।


यो काण्डको पर्दाफास पछि चीनमा शक्तिशाली मानिएका बो पार्टीबाट निस्कासित भएका थिए भने उनको राजनीतिक जीवन नै समाप्त भएको मानिन्छ ।

 

– एजेन्सी