राष्ट्रपति ओबामा : परिचय
सन् १९६१ अगस्त ४ मा हवाई राज्यमा जन्मेका ओबामा सन् १९९६ मा इलिनोय राज्यबाट सिनेटमा चुनिनुभएको थियो । सन् २००८ मा उम्मेद्वारी दिएर विजयी ओबामा अमेरिकाको पहिलो अफ्रिकन-अमेरिकन राष्ट्रपति हुन् । उनले मिसेल ओबामबसँग विवाह गरेका छन् । उनीहरुका दुई छोरी : साशा र मालिया छन् ।
गभर्नर रोम्नी : परिचय
सन् १९४७ मार्च १२ मा मिसिगन राज्यको डेट्रोयट शहरमा जन्मेका रोम्नी एक व्यवसायी हुन् । उनले सन् १९९९ मा साल्ट लेक सिटीमा भएको ओलम्पिक खेलको मुख्य कार्यकारी अधिकारी भएर काम गरेका थिए । उनी सन् २००४ मा मासाचुसेट्स राज्यको गभर्नर पदमा निर्वाचित भएका हुन् । पछिल्लो निर्वाचन सन् २००८ मा उम्मेद्वारी दिए पनि पार्टीभित्रै पराजित भएका रोम्नीले एन रोम्नीसँग विवाह गरेका छन् । उनका ५ छोरा र १८ नाति-नातिना छन् ।
जनताको मतपछिको खुट्किला : इलेक्टोरल कलेज
अमेरिकी राष्ट्रपति चयनका लागि नोभेम्बर ६ को निर्वाचन अन्तिम होइन । यो निर्वाचनमा खसेको मतलाई