काग्रेस र एमालेले सहमति बिना बजेट ल्याएमा राष्ट्रपतिलाई भेटेर लिखित रुपमै बजेट अनुमोदन नर्गन आग्रह गर्ने

काठमाडौ । सरकारले सहमति नभए पनि पूर्ण बजेट ल्याई छाड्ने तयारी गरेपछि काग्रेस र एमालेले राष्ट्रपतिलाई भेटेर लिखित रुपमै सहमति विनाको बजेट अनुमोदन नर्गन आग्रह गर्ने भएका छन् ।


एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले सहमति विनाको बजेट अस्विकार गर्ने निर्णय गर्दै पर्सि विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपतिलाई लिखित आग्रह गर्ने विषयमा साझा धारणा तय गर्ने निर्णय गरेको हो ।


बैठकले सहमतिको सरकार गठन गरेर मुलुकलाई निर्वाचन मार्फत निकास दिन सहमति कायम गर्नु पर्ने बेलामा सरकारले एकलौटी रुपमा बजेट ल्याउन लागेको निष्कर्स सहित विपक्षीहरुसँगको सहमति विना ल्याउने बजेट अस्विकार गर्ने निर्णय पनि गरेको हो। बैठकले अहिलेको सरकारले पूर्ण बजेट ल्याउनै नसक्ने ठहर समेत गरेको छ ।

 

RSS