काग्रेस अर्घाखाँची गाउँ गाउँ अभियानमा: देश दलदलमा फस्दै गएको भन्दै पुर्ब मन्त्री रेवती प्रसाद भुसालद्धारा चिन्ता व्यक्त

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची । नेपाली काग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले नेपालमा लोकतन्त्र, गणतन्त्र आएको भए पनि लोकतान्त्रिक संरचना भने ध्वस्त रहेको बताउनु भएको छ । उहाले देश दलदलमा फस्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

नेपाली काग्रेस धारापानीले अर्घाखाँचीको धारापानीमा गरेको प्रशिक्षण , भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै नेता भुसालले वर्तमान गठबन्धन सरकारको कारण संक्रमण काल लम्बिएकोले समस्या जटिल बन्दै गएको उहाँले आरोप समेत लगाउनुयो । सहमति विना अगाडी बढ्न नसकिने बताउँदै नेता भुसालले सहमतिको बाधक भनेको सरकार भएको तर्क गर्नुभयो ।
   
कार्यक्रममा काग्रेसका जिल्ला सदस्य गोपाल भुसाल,  काग्रेसका स्थानीय नेताहरु मनबहादुर बिक, रामलाल भुसाल, रामप्रसाद दमासे, बुद्धि चुदाली, लगायतले मन्तब्य राखेका थिए ।


कार्यक्रम काग्रेस धारापानीका सभापति रणप्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न भएको हो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु