उत्तर अमेरीकी मुलुक ग्वाटेमालामा शक्तिशाली भुकम्पमा परी कम्तीमा ४८ जना मारिएका छन् । ग्वाटेमालाको प्यासिफिक तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टरस्केलको भुकम्प जाँदा सयौं घाईते भएका छन् ।
भुकम्पका कारण राजमार्गहरु अवरुद्ध हुँदा उद्धारकार्य कठिन भएको बताईएको छ । भुकम्पले च्याम्पेरीको क्षेत्रमा हजारौं जनता घरवारविहिन भएका छन् । ७३ हजारभन्दा धेरै जनता विद्युत सेवाबाट वञ्चीत भएका छन् ।
ग्वाटेमालाको यो भुकम्प सन् १९७६ पछिको ठुलो भुकम्प भएको बताईएको छ । त्यतिवेला ७ दशमलव ५ रेक्टरस्केलको भुकम्पमा परी २५ हजारले ज्यान गुमाएका थिए
Agencies