अफगानिस्तान । अफगानिस्तानमा तालिवान लडाकुहरुको छुट्टाछुट्टै आक्रमणमा परी पांच जना अफगान सैनिक सहित कम्तिमा १८ जना मारिएका छन् ।
मारिनेमा दक्षिणी हेलमन्द प्रान्तमा सडक छेउ राखिएको बम विष्फोटमा विवाहका लागि हिंडेका महिला र बालबालिका गरी १० जनाको मृत्यु भएको हो । यस्तै पूर्वी लाग्मान प्रान्तमा भएको बम आक्रमणमा पांच अफगान सैनिक मारिएको बताइएको छ ।
अफगानिस्तानमापछिल्लो समय सुरक्षाकर्मीहरु लगातार लडाकुको आक्रमणमा पर्दै आएका छन् । सन् २०१४ को अन्त्यमा नेटो सेना फर्किने र मुलुकको सुरक्षा जिम्मा अफगान सेनाले नै लिने तयारी भईरहँदा भएका यस्ता आक्रमणले सुरक्षा व्यवस्थामा थप चुनौति थपिएको विश्लेषण गरिएको छ ।
– Agencies