अमेरिकामा फेरि हिउँदे आंधीले हजारौं मानिस प्रभावित

अमेरिका  । अमेरिकामा गत हप्ता मात्रै आएको स्याण्डी नामक समुद्री आंधीको विध्वंसपछि जनजीवन सामान्य बन्दै गरेको बेला फेरि हिउँदे आंधीले हजारौं मानिस प्रभावित भएका छन् । स्याण्डी आँधीबाट बढी प्रभावित न्यूयोर्क र न्यूजर्सी राज्यमा आंधीका कारण मानिसहरु फेरि सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् भने सार्वजनिक यातायात र हवाई सेवा पूरै प्रभावित भएको छ ।


६० किलोमिटर प्रति घण्टाको गतिमा आएको हिउँदे आंधीका कारण करिब १ लाख मानिस विद्युत सेवाबाट बञ्चित भएको विद्युत प्रदायक कम्पनीले जनाएको छ ।


न्यूयोर्क र न्यूजर्सीमा स्याण्डीका कारण एक हप्तादेखि करिब ६ लाख ५० हजार मानिस पहिल्यै अंध्यारोमा बस्न बाध्य छन् । यी राज्यहरुमा करिब ९५ हजार मानिसले आपतकालीन बासस्थानका लागि निवेदन दिएको अधिकारीहरुले जनाएका छन् । स्याण्डीका कारण सय भन्दा बढी मानिसको मृत्यु भएपनि अहिले आएको हिंउंदे आंधीबाट भने मानवीय क्षति भईसकेको छनै ।

 


– Agencies