उपराष्ट्रपति परमानन्द झाले दलहरुको सहमति विना आउने बजेट राष्ट्रपतिले पनि नस्विकार्ने विश्वास ब्यक्तगरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शले शुक्रवार राजधानीमा आयोजना गरेको सुभकामना चियापान कार्यक्रममा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति संविधान अनुसार हिड्ने भएकोले सहमति विना वा सहमति के गरेर बजेट आयो भन्ने विषयमा राष्ट्रपतिले राम्ररी मुल्याङकन गर्ने बताए ।
उनले मुलुकले सहमति विना देशले निकास नपाउने भएकोले दलहरुलाई सहमतिमै अघि बढ् सुझाव दिए ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुको सहमति विना पूर्ण बजेट आउन नसक्ने भन्दै नयाँ सहमतिको सरकारले मात्रै बजेट ल्याउन सकने स्पष्ट पारे ।
उनले अब आन्दोलनको ज्वारभाटा उठ्ने दावी गर्दै आन्दोलनबाट प्रधानमन्त्रीलाई पदत्याग्न बाध्य बनाउने चेतावनी दिए ।
नेकपा