कांग्रेसका सुशील कोइरालाद्धारा सहमतिका लागि कुर्सी नछाडे आन्दोलनको आँधी सामना गर्न एकीकृत माओवादीलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमतिका लागि कुर्सी नछाडे आन्दोलनको आँधी सामना गर्न एकीकृत माओवादीलाई चेतावनी दिएका छन् । माओवादी सर्वसत्तावाद विरुद्ध आन्दोलन शुरु भईसकेको उद्घोष गर्दै कोइरालाले अटेर गरिरहे माओवादीहरुको हविगत पनि राणा, पंचायत र राजाको जस्तै हुने बताए ।


काठमाडौं कांग्रेसले आज राजधानीमा आयोजना गरेको प्रदर्शनपछि बसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले प्रजातन्त्रको सवालमा कांग्रेसलाई झुकाउने सपना नदेख्न पनि सम्झाए ।


आमसभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले पनि अब आन्दोलनबाटै छिनोफानो हुने बताए ।


यसअघि विभिन्न जिल्ला र उपत्यकाका विभिन्न स्थानबाट राजधानीको शान्तिबाटिकामा भेला भएका कांग्रेस नेता तथा कार्यकर्ताहरुको विशाल